काठमाण्डु-नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सहमतिमै संविधान संशोधन गर्नुपर्ने बताएका छन् । मोरङको बुढीगंगा गाउँपालिका –७ डंग्राहामा आज आयोजित स्वास्थ्य शिविर कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले कांग्रेस–एमालेको करिब दुई तिहाइ बहुमत रहेपनि सबैको सहमतिमा नै संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।
संविधान संशोधनका लागि जनमत संग्रह जस्तो जटिल प्रक्रियामा जानुको सट्टा संसदीय विशेष समिति वा आयोग बनाएर गर्न सकिने उनले बताए । कोइरालाले दुई दलमात्रै मिलेर संविधान संशोधन गर्न खोजे अवस्था झन जटिल हुने उल्लेख गरे ।
उनले भ्रष्टाचार छानबिनमा हदम्याद तोक्न नहुने र अख्तियारलाई बढी शक्तिशाली बनाउने नाममा निजी क्षेत्रको क्षेत्राधिकार दिन नहुने जिकिर गरे ।
नोना कोइराला स्मृति प्रतिष्ठान र केएचडिसी नेपालले प्राविधिक सहयोगमा बुढीगंगा गाँउपालिकाले मृगौला, मुटु तथा मधुमेह सम्बन्धि निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।




प्रतिक्रिया