शेखर र खड्काले आज कांग्रेस सांसदलाई बधाई दिँदै

शेखर र खड्काले आज कांग्रेस सांसदलाई बधाई दिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालापक्षले पार्टीका नवनिर्वाचित संघीय सांसदलाई बधाई तथा शुभकामना कार्यक्रम राखेका छन् ।

धुम्बाराहीको स्मार्ट होटलमा पार्टीका तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित र राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूलाई सोमबार खड्का र कोइरालाले बधाई कार्यक्रम राखेका हुन् ।

शनिबार कांग्रेसले पार्टी मुख्यालय सानेपामा नवनिर्वाचित सांसदलाई संसदीय सचेतना कार्यक्रम आयोजना गरेर अभीमुखीकरण तालिम दिएको थियो ।

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० जना निर्वाचित छन् । यस्तै राष्ट्रियसभामा कांग्रेसबाट ९ जना नवनिर्वाचित सांसदहरू छन् ।