कांग्रेसभित्र विवाद बढिरहेको बेला नेता शेखर कोइराला सिंगापुर पुगे


काठमाडौं– सरकार र पार्टीको भागबण्डाका बिषयमा नेपाली कांग्रेसभित्र बिबाद चर्किरहेका बेला कांग्रेस नेता शेखर कोइराला सिंगापुर पुगेका छन् ।

कोइराला निकट स्रोतका अनुसार उनि आँखाको उपचारका लागि सिंगापुर पुगेका हुन् । तर, उनले सिंगापुरमा उच्चस्तरिय भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइन्छ । उनि ४ दिन सिंगापुरमा बस्नेछन् । कोइरालाले सिंगापुरमा को संग भेटवार्ता गर्न लागेका हुन् भन्ने विषय भने खुलाइएको छैन् ।

नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागीताको बिषयलाई लिएर पार्टी सभापति शेरबहादुर देउवा र इत्तर समुहका नेता शेखर कोइरालाबीच बिबाद मिल्न नसक्दा मन्त्रीपरिषदले पूर्णता पाउँन सकेको छैन।

सभापति देउवाले कुनै सल्ला बेगर मन्त्रीहरुको नामाबली टुंगाएपछि इतर समुह असन्तुष्ट छ । साथै चीनबाट नेपाली सेनाले हतियार खरिद गर्न लागेको विषयले समेत दुवै नेताबीच विवाद बढेको छ । कांग्रेस सभापति देउवा नै प्रधानमन्त्री तथा रक्षामन्त्री भएका बेला यो प्रक्रिया अघि बढेको थियो । यसमा कोइरालाले विरोध जनाइसकेका छन् ।

देउवाले अन्तर्राष्ट्रिय समुदायलाई आफुले सेनालाई हतियार खरिदको अनुमति नदिएको र सेना आफैले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका लागि लेबनान लगायत देशहरुमा तैनाथ गर्न हतियार खरिद गरेको भनेपनि हतियार नेपालमै आउँनेगरी सम्झौता भएपछि अन्तर्राष्ट्रिय समुदाय देउवासंग क्रुद्ध छ ।

नेपाली सेनाले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तयारी भइरहेका बेला चीनबाट ६ अर्ब भन्दा बढीको हतियार खरिद प्रक्रियाका लागि सम्झौता गरेपछि भारत भ्रमणको मिति अनिश्चत बनेको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री दाहालले खरिद प्रक्रियाबारे सेनापति प्रभुराम शर्मासंग चासो गरेपनि शर्माले संयुक्त राष्ट्रसंघीय मिसनका लागि अघिल्लो सरकारकै सहमतिमा हतियार खरिद गर्न लागेको बताएका छन्।

चीनबाट सेनाको शान्ति मिसनका लागि भन्दै खरिद गर्न लागिएको चिनियाँ हतियारको नेपाली एजेन्ट कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीका भाई लोकेन्द्र कार्की छन्। ठूलो परिणाममा हतियार खरिद गर्ने भएपछि चिनिया कम्पनी नोरिङकोले नेपालस्थित एजेन्ट नै परिवर्तन गरी कार्कीलाई दिएको थियो । यसमा समेत देउवा परिवारको संलग्नता देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement