उद्योगी व्यवसायीलाई सेल्फ कवारेन्टाइनमा बस्न आग्रह

उद्योगी व्यवसायीलाई सेल्फ कवारेन्टाइनमा बस्न आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर – कुमारीपाटी जावलाखेल तथा ललितपुर तयारी पोशाक व्यापार सङ्घ र ललितपुर चेम्बर अफ कमर्शले उद्योग व्यवसाय सञ्चालन गरेर बसेका व्यापारीलाई सेल्फ कवारेन्टाइनमा बस्न आग्रह गरेको छ ।

सङ्घका अध्यक्ष पुष्परत्न शाक्य र चेम्बर अध्य कमर्शका बृद्धिमान महर्जनले आज संयुक्त रुपमा हस्ताक्षरित पत्र जारी गरी मुलुकमा कोभिड–१९ को जोखिम बढेसँगै प्रधानमन्त्रीले आजदेखि यही चैत २१ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न आह्वान गरेसँगै ती संस्थाहरुले पनि महामारीको सङ्क्रमणबाट आफ्नो ज्यान सुरक्षित राख्न यी व्यापारीलाई अपिल गरेका हुन ।