सेनाले बाटो बनाएपछी स्थानीय बासिन्दा खुसी

सेनाले बाटो बनाएपछी स्थानीय बासिन्दा खुसी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कालिकोट – नेपाली सेना चट्टानसँग भिड्दै कर्णाली कोरिडोरको सडक निर्माणमा सक्रिय भएको छ। सेनाले लालिघाटदेखि कालिकोट र बाजुराको सिमाना हिल्सासम्लोमिटर सडकको ट्र्याक खोलिसकेको छ। कोरिडोर सडक निर्माणले तीव्रता पाउँदा कर्णालीवासीको गाडी चढ्ने सपना साकार भएको छ। दुई दशकसम्म अलपत्र परेको कर्णाली कोरिडोर निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएको छ। कालिकोटको खुलालु जिरो प्वाइन्ट रहेको कोरिडोरमा ३८.५ किलोमिटर सडक निर्माण भइसकेको सडक निर्माण कार्यदलका प्रमुख सेनाका मेजर मिलन कार्कीले बताए।

खुलालु नजिकै दुई किलोमिटरबाहेक कालिकोट खण्डको पूरै ट्र्याक खोलिएको उनले जानकारी दिए। ‘बाँकी दुई किलोमिटर आगामी असोजसम्म सक्ने योजना छ,’ कार्कीले भने, ‘चालू आर्थिक वर्षभित्रै सडक विभागलाई सडक हस्तान्तरण गर्ने तयारीमा छाैं।’ सेनाले आगामी असोजसम्म निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको जिल्ला समन्वय समिति कालिकोटका प्रमुख अनिपाल शाहीले बताए। खुलालुदेखि हुम्लाको सिमकोटसम्म सडकको लम्बाइ एक सय ९६ किलोमिटर छ। यसमध्ये ४० किलोमिटर सडक कालिकोट खण्डमा पर्छ। कर्णाली कोरिडोर निर्माणका लागि नेपाल सरकारले एक अर्ब ४८ करोड ११ लाख १६ हजार बजेट विनियोजन गरेको थियो।आजको नागरीक दैनिकमा समाचार छ ।