नयाँदिल्ली – भारतको पश्चिमी राज्य राजस्थानमाप्रशिक्षण उडानको क्रममा दुर्घटना ग्रस्त भएको भारतीय वायुसेना (आईएएफ) का दुई विमान चालकको मृत्यु भएको छ । मि-२१ जेट उडानको क्रममा दुर्घटना भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।
प्रशिक्षण उडानमा रहेकोविमान राजस्थानको राजधानीजयपुरबाट करिबपाँच सय ३२ किलोमिटर पश्चिममा रहेको बारमेर जिल्लामा बिहीबार ढिलो दुर्घटनामा परेको थियो ।
भारतीय वायु सेनाले यस दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारहरूसँग दृढतापूर्वक खडा रहेको जानकारी दिएको छ । एक अदालतको जाँचको आदेश दिइएको पनि वायुसेनाका अधिकारीहरुले जानकारी दिएका छन् ।-सिन्ह्वा




प्रतिक्रिया