सेनाभित्र पुराना काण्ड खुल्दै, फास्ट ट्रयाकमा पूर्व प्रधानसेनापति तानिने संकेत

सेनाभित्र पुराना काण्ड खुल्दै, फास्ट ट्रयाकमा पूर्व प्रधानसेनापति तानिने संकेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –नेपाली सेनाले निर्माणको जिम्मेवारी पाएको निजगढ–काठमाडौं द्रूतमार्ग (फास्ट ट्रयाक) निर्माणमा भएका अनियमितताका फाइल खुल्ने भएका छन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले धेरै गुनासो आएपछि द्रूतमार्गमा अनियमितता भएका पुराना फाइल खोलेर अनुसन्धान अगाडि बढाएको सैनिक स्रोतको दावी छ । सेनापतिले सेनामा भएका अनियमितताका घटनाको छानविन गर्ने यसअघि नै सार्वजनिक रुपमै अभिव्यक्ति दिइसकेका छन् । 

द्रूतमार्ग आयोजनाको प्रमुख हुँदा पूर्व प्राविधिक जर्नेल योगेन्द्र खाँणले आयोजनामा अनियमितता गरेको उजुरी सेनाभित्र छानबिनको विषय बनेको छ । सेनापति थापाले छानबिनको जिम्मा बलाधिकृतरथी शरद् गिरीलाई दिएका छन् । आयोजनामा रहँदा खाँणले आफन्तलाई फाइदा र्पुयाएको र करोडौं अनियमितता गरेको आरोपसहित उजुरी जंगी अड्डामा परेको छ । 

द्रूतमार्गमा अग्लो पुल र सुरुङ बनाउने काममा अन्र्तराष्ट्रिय टेन्डर गर्ने प्रचलन विपरीत खाँणले तत्कालीन सेनापति राजेन्द्र क्षेत्रीको आदेशानुसार मौखिक रुपमै आफ्ना मान्छेको डोजर, लोडर लगाएर जमिन मिलाउने काममा मात्रै पचासौं करोड घोटाला गरेको गम्भीर आरोप लागेको छ । करोडौं खर्च हुँदा समेत सन्तोषजनक काम नभएपछि खाँण छानबिनको दायरामा परेका छन् । 

आयोजना प्रमुख रहँदा खाँणले विना योजना लाखौं वर्गफिट बाटो खन्न लगाउने, बिल बनाउने र पैसा दिने गरेको उजुरीमा  उल्लेख छ । यो छानबिनमा पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री समेत तानिने देखिएको छ । खाँणले आयोजनामा अनियमितता गरिरहँदा क्षेत्रीले मौन बसेर भ्रष्टाचार गर्न सघाएको आरोप लागेको छ । त्यतिमात्र होईन क्षेत्रीको सहमतीमा खांडले काम आफु र उनि निकटका व्यवसायीलाई दिने काम गरेका थिए ।

खाँणले भने आफूले संस्थागत हितका लागि काम गरेको दाबी गरेका छन् । ‘मैले जिम्मेवारीमा रहँदा संस्थाको हितमा रहेर गरेको हो । मैले कुनै नराम्रो काम गरेको छैन,’ काठमाडौंपाटीसँग कुरा गर्दै उनले भने, ‘सेनामा एकल निर्णय हुँदैन । चेन अफ कमाण्डका आधारमा निर्णय हुन्छ, मैले चिफ सापकै निर्देशनमै सवै काम गरेको हुं । सेनामा कलेक्टिभ इफोर्टमा काम हुन्छ भन्ने तपाईलाई पनि थाहा छ ।’

सैनिक सेवाबाट अवकाश पाएपछि ६ महिनासम्म सैनिक ऐन आकर्षिक हुने भएकाले खाँणमाथि त्यही अनुसार कारवाही प्रक्रिया अगाडि बढाइने सैनिक स्रोतले जनाएको छ ।  पुर्व प्रधानसेनापति क्षत्रीमाथी समेत आर्थीक अनिमितता गरेको आरोप लाग्दै आएपनि छानविन भने हुन् सकेको छैन् । प्रधानसेनापति थापाले अनियमितता र भ्रष्टाचारविरुद्ध कडा रुपमा प्रस्तुत भएपछि सेनाभित्र तरङ्ग उत्पन्न भएको छ ।

सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेसंग यसबारेमा जिज्ञासा राख्दा उनले आफु यसबारेमा अनभिज्ञ रहेको बताए ।