सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीय लाभान्वित

सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीय लाभान्वित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाले पर्सामा स्वास्थ्य शिविर आयोजना गरेको छ। सखुवाप्रसौनी गाउँपालिका-२ औराहा पाचगावास्थित नेराप्रवि परिसरमा स्वास्थ्य शिविर आयोजना भएको हो।

शनिबार पर्साको सखुवाप्रसौनी गाँउपालिका वडा नम्बर २ श्रीपुरपन्चगावामा नेपाली सेनाको श्रीजंग गणले स्वास्थ्य शिविर आयोजना गरी स्थानीयको नि:शुल्क उपचार र औषधी वितरण गरेको हो ।

उक्त शिविरमा सबै रोगका बिरामीको स्वास्थ्य परिक्षण र ल्याब टेष्ट समेत गरि निशुल्क औषधी वितरण गरिएको थियो । शनिबार दिनभर चलेको उक्त स्वास्थ्य शिविरमा सखुवाप्रसौनी र पटेर्वा सुगौली गाँउपालिकाका साथै त्यस आसपासका गरि १० भन्दा बढि गाँउका स्थानीयले निशुल्क उपचार पाएका छन् ।

शिविरमा सबै रोगका बिरामीको स्वास्थ्य परिक्षण र ल्याब टेष्ट समेत गरि निशुल्क औषधी वितरण गरिएको थियो । शिवीरबाट महिला र पुरुष गरि १ हजार १ सय ५० जना लाभान्वित भएको नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारीले जानकारी दिए ।

शिविरस्थलमै पुगेका अधिकारीलले गरिबीका कारण सदरमुकाम वीरगन्जका सुविधासम्पन्न अस्पतालमा उपचार गराउन जसक्नेलाई लक्षित गरी सेनाले श्रीपुर पन्चगावामा बृहत निशुल्क स्वास्थ्य शिविरिको आयोजना गरेको बताए ।

उनले भने,‘ खर्चको अभावमा शहरका अस्पतालमा जान नसकि उपचार नपाएका गाँउका गरिब दिनदुखीहरुलाई मुख्य लक्षित गरि सेनाले यो शिविर चलाएको हो , शिविरमा गाँउलेहरु लाभान्वित भएको देख्दा मलाई खुशी लाग्यो ।विगतको कुनै कालखण्डमा सेना र जनता बिचको दुरी बढेपनि अहिले भने परिस्थिती फेरिदैं गएको उनले बताए ।

सेना र जनताबिचको सामिप्यता बढाउने उदेश्यले पनि सेनाले गाँउमा शिविरको आयोजना गरेको अधिकारीले बताए । उनले भने,‘ नेपाली सेना राष्ट्रिय सेना हो , जनताको सेवामा अहोरात्र खटि रहेको छ , अझैपनि सेना प्रति कतै कतै जनताको अविश्वास देखिन्छ , त्यसलाई मेट्न र जनतासंग अझ कसरी नजिक हुने प्रयासमा हामी लागि रहेका छौं , त्यहि उदेश्यले यो शिविर आयोजना गरेका हौं ।