नेपाली सेनालाई मन्त्री क्वाटरबाट हटाउन माग

नेपाली सेनालाई मन्त्री क्वाटरबाट हटाउन माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – गृह सचिव प्रेमकुमार राईले नेपाली सेनालाई मन्त्री क्वार्टरबाट हटाउन माग गरेका छन् ।

संघीय संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा आइतबार भएको ‘नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा बोल्दै गृह सचिव राईले सो कुरा बताएका हुन् ।

उनले अपराध अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई मात्रै दिनुपर्ने र भन्सार नाकाहरुमा सुरक्षाको जिम्मा सशस्त्र प्रहरीलाई दिनुपर्ने माग राखे ।

व्यक्ति, नीजि संघसंस्था, आयोजना, औद्योगिक घराना र कुटनीतिक नियोगमा राज्यका सुरक्षाकर्मी खटाउँदा उनीहरुबाटै सुरक्षा कर लिनुपर्ने पनि राईले बताए ।

गृहसचिव राईले राज्यको दायित्व सबैको सुरक्षा गर्नु रहेपनि त्यसका लागि राज्यबाट सुरक्षाकर्मी खटाएपछि उनीहरुबाट सुरक्षा कर लिनेगरी कानुन बनाउनुपर्ने बताए ।

छलफलमा गृहसचिव राईले निजी क्षेत्रका उद्योग र आयोजनाहरुबाट सुरक्षा कर लिनुपर्ने प्रस्ताव गरेका छन् ।