नेपाली सेनामा २५० जना सेकेन्ड लेफ्टिनेन्टको जागिर खुल्यो (सूचनासहित)

नेपाली सेनामा २५० जना सेकेन्ड लेफ्टिनेन्टको जागिर खुल्यो (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनामा २५० जना अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट)को दरखास्त माग खुलेको छ। सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले रिक्त रहेका पदका लागि २५० जनाको माग गरेको हो।

विभागको माग अनुसार १३१ जना खुला पदका लागि दरखास्त मागएिको हो भने ७ जना सैनिक परिवारका छोराछोरीका लागि कोटा छुट्याइएको छ। त्यस्तै २२ जना महिला, ३६ आदिवासी जनजाती, ३१ मधेशी, १७ दलित र ६ पिछडिएको क्षेत्र गरी २५० जनाको माग गरेको हो। दरखास्त दिने मिति भदौ ४ गतेदेखि असोज २ गते सम्म दिन सकिने निर्देशनालयले जनाएको छ।