काठमाडौं –प्रधानसेनापति पुर्णचन्द्र थापाले काठमाडौं–तराई र मधेश द्रुतमार्ग निर्माण जुनसुकै हालतमा पनि गरेरै छोड्ने प्रतिवद्धता व्यक्त गरको छन् । प्रधानसेनापतिले कमाण्ड ग्रहणपश्चात दिएको पहिलो सम्बोधनमा नेपाली सेनाको व्यवस्थापन, दायित्वका रुपमा रहेको राष्ट्रिय गौरवको आयोजना द्रुतमार्ग नेपाल सरकारले प्रदान गरेको उच्च प्राथमिकता प्राप्त जिम्मेवारी भएको उल्लेख गरेका छन् ।
सेनापति थापाले उक्त परियोजनालाई निर्धारित समयभित्रै मापदण्डबमोजिम सम्पन्न गर्न इच्छाशक्तिले मात्र नपुग्ने भन्दै यसमा अटल दृढताको आवश्यकता रहेको बताएका छन् । उनले सरकार र नेपाली जनताको सेनाप्रतिको विश्वासलाई आफुले मर्न नदिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
सेनापतिले ऐन,नियमावली,कार्यविधी तथा मोडालिटीमा सुधार गर्दै पारदर्शितालाई केन्द्रमा राखेर परियोजना सम्पन्न गर्ने दाबी सम्बोधनमा गरेका छन् । व्यक्तिगत स्वार्थ,आर्थिक लाभहानी र महत्वाकांक्षालाई त्याग्न पनि मातहतका निकायलाई निर्देशन दिएका छन् ।




प्रतिक्रिया