प्रधानसेनापतिको कडा कदम : कुवेरको नामले परिचित सैन्य अधिकृतको भटाभट सरुवा

प्रधानसेनापतिको कडा कदम : कुवेरको नामले परिचित सैन्य अधिकृतको भटाभट सरुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनामा पांच जना सहायकरथी र केही प्रमुख सेनानीहरुको सरुवा भएको छ । प्रधानसेनापति पुर्णचन्द्र थापाले पद वहाली गरेलगत्तै उच्च सैन्य अधिकारीहरुको सरुवा भएको हो । थापाले आफ्नो टिम निर्माण सुरु गरिसकेका छन् । सहायकरथीहरु संजय सिंह भण्डारीलाई वन तथा पर्यावरण सुरक्षा निर्देशनालय,अनन्त कार्की सैनिक संगठन निर्देशनालय र ताराध्व पांण्डेले कल्याणकारी योजना निर्देशनालयको जिम्मेवारी पाएका छन् ।

त्यसैगरी भरत प्रसाद पाठक रणनितीक तथा दिर्घकालीन योजना निर्देशनालय र राम राणालाई नम्बर १ बाहिनीको बाहिनीपतिमा सरुवा गरिएको छ । कल्याणकारीको जिम्मेवारी पाउने पाण्डेको ठाउंमा यसअघि सहायकरथी रघु भण्डारी थिए । उनको उपरथीमा बढुवा भइसकेको छ । भण्डारीले कल्याणकारीमा राम्रो काम गरेकाले नै उनलाई सम्भाररथी विभागमा सरुवा गरिएको छ ।

सैनिक मुख्यालयले केही महासेनानीको समेत सरुवा गरेको छ । सरुवा हुनेमा महासेनानीहरु भोलानाथ थापा र ज्योतिन्द्र महत रहेका छन् । महासेनानी थापाको नेपाली सैनिक वार कलेज र महतलाई युद्धकार्य निर्देशनालयको जिम्मेवारी दिइएको छ । प्रमुख सेनानीहरु बवि चन्द, निरन्जन बस्नेतm गोविन्द बहादुर श्रेष्ठ,सुलभ खड्का,जयराम थापाको समेत सरुवा भएको छ । चन्दलाई सैनिक सामाग्री प्राप्ती निर्देशनालय,बस्नेत पुर्वी पृतना तालिम केन्द्र, श्रेष्ठ ३ बाहिनी,खड्का २३ बाहिनी र थापाको आपूर्ति तथा परिवहन गणमा सरुवा भएको हो ।

पांच सेनापति खुसी पार्ने सहसेनानीको सरुवा
सेना ‘चेन अफ कमाण्ड’ मा चल्ने संस्था हो । तर,नेपाली सेनामा केही तल्लो तहका अधिकृतहरु यति शक्तिशाली छन् की जसले सेनामा जर्नेल, कर्णेलको आदेश समेत मान्दैनन् । पदले सह-सेनानी मात्र रहेका शिवहरि पुडासैनी तिनै अधिकृत हुन् जसले सेनामा चार जना भन्दा बढी प्रधानसेनापतिसंगै मिलेर काम गरे । उनलाई जान्ने सुन्नेहरु भन्छन् उनलाई कुनै पनि सेनापतिले हटाउने आंट गर्दैन थिए ।

एक उच्च सैनिक अधिकारीकाअनुसार त्यसो गर्नुको पछाडी जम्माजम्मी एउटै कारण थियो आर्थीक लेनदेन । डिएमओमा रहेर हालीमुहाली गर्दै आएका सहसेनानी पुडासैनिको यसपटक पनि सरुवा नहुने चर्चा थियो ।तर,सेनापति थापाले उनलाई त्यहाबाट काज सरुवा गर्दै सबैको अनुमानलाई गलत सावित गरेका छन् । पुडासैनीले डिएमओमा बसेर परिचालन भत्तामा खेल्दै आएका थिए ।

‘उहाले चुनाव हुंदा आउने बजेटदेखी फौंजको अदली बदली गर्दा आउने बजेटसम्ममा हालिमुहाली गर्ने र नेतृत्वलाई खुसी पार्ने काम गर्दै आउनुभएको थियो,तर अहिलेको प्रधानसेनापतिले उहालाई परिवर्तन गरेर आर्थीक रुपमा समेत संगठनमा सुधार गर्ने संकेत देखाउनुभएको छ ।’ सैनिक मुख्यालयमा कार्यरत एक सहायकरथीले भने ।

पुडासैनिलाई युद्धकार्य निर्देशनालयबाट बि.नि कार्यदल गण १ मा काज फिर्ता गरिएको हो । त्यसैगरी प्रधानसेनापतिको कार्यालयमा लामो समयदेखी कार्यरत रहका उपसेनानी सनोद कुमार थापाको समेत काज फिर्ता भएको छ ।

उनले प्रधानसेनापतिको कार्यालयमा महत्वपूर्ण चिट्ठी पत्रको अध्ययन गर्ने र चिफलाई रिपोर्टिङ गर्ने काम गर्दै आएका थिए ।

। थापाले समेत तीन जना प्रधानसेनापतिसंग काम गरिसकेको सैनिक स्रोतले जानकारी दियो । प्रधानसेनापतिको कार्यालयमा रहेका अर्का उपसेनानी खेमराज पौडेललाई पनि अभिलेखालयमा सरुवा गरिएको छ ।

सेनापति थापाले लामो समयदेखी एकै पदमा बसिरहेका र आर्थिक रुपमा अपारदर्शी गतिविधिमा संलग्न रहेका शक्तिशाली अधिकृतहरुलाई जिम्मेवारीबाट हटाउने अभियान सुरु गरेको उनि निकट स्रोतको दाबी छ । थापाले सेनामा सुधार गर्ने दाबी गर्दै आएका छन् ।