गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ

गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता शरदकुमार थापाक्षेत्रीका अनुसार सङ्खुवासभा धर्मदेवी नगरपालिका ९ का आशिष भनिने केदारबहादुर खड्का, सिन्धुपाल्चोक बाह्रविसे ४ का ईश्वर न्यौपाने, गुल्मी दरबार २ का रामबहादुर क्षेत्री र सप्तरी कृष्ण सव्राम २ का प्रकाश साहलाई पक्राउ गरिएको हो ।

यसैगरी मोरङको सुन्दरहरैचा नगरपालिका ४ का कुमार उराउ तथा खोटाङको जन्तेढुङ्गा गाउँपालिका ३ का पशुपति राईलाई पक्राउ गरिएको हो । उनीहरु सबैलाई गत बुधबार र हिजो पक्राउ गरिएको हो । अभियुक्तहरुबाट नगद ३१ लाख ८० हजार बरामद भएको छ ।