बीस उद्योगबाट स्यानिटाइजर उत्पादन

बीस उद्योगबाट स्यानिटाइजर उत्पादन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले कोरोना भाइरसको महामारीको समयमा बजार गुणस्तरहीन ह्याण्ड स्यानिटाइजरको आपूर्ति बढेपछि नेपाली औषधि उद्योगलाई स्यानिटाइजर उत्पादन गर्ने अनुमति दिन सुरू गरेको छ ।

यसअघि भारतसँग निर्भर नेपालले गत फागुनदेखि भारतमा नै महामारीका कारण नेपालमा स्यानिटाइजर र माक्स भित्रिन छाडेपछि औषधि व्यवस्था विभागले नेपाली औषधि उद्योगलाई उत्पादनको अनुमति दिन थालेको हो ।

विभागले गत फागुन महिनामै नेपालमा स्यानिटाइजर र माक्सको अभावका नाममा कालोबजारी सुरू भएपछि यी सामानको उत्पादनका लागि नेपाली औषधि उद्योगीलाई आब्हान गरेको थियो । विभागको सोही आब्हानपछि हाल सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडसहित अन्य निजी उद्योग गरी झण्डै २० वटाले स्यानिटाइजर उत्पादन गर्ने गरी अनुमति लिएर उत्पादन सुरू गरेको विभागले जनाएको छ ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बजारमा पर्याप्त मात्रामा नेपाली कम्पनीले उत्पादन गरेका गुणस्तरीय हण्ड स्यानिटाइजर बजारमा आपूर्ति भइसकेको जानकारी दिनुभयो । उहाँले औषधि व्यवस्था विभागको मापदण्ड अनुसार दर्ता भएका, अल्कोहलको मात्रा ७० देखि ८० प्रतिशत भएका औषधि कम्पनीले उत्पादन गरेका स्यानिटाइजर मात्रै प्रयोग गर्न उपभोक्तालाई आग्रह गर्नुभयो ।

विभागका अनुसार नेपाल औषधि लिमिडेट, लोमस फर्मास्युटिकल्स, एमडिएच फर्मास्युटिकल्स, अर्याफर्मा ल्याब, नोभा जेनेटिक फर्मास्युटिकल्सलगायतका विभिन्न २० वटा कम्पनीले स्यानिटाइजर उत्पादन थालेका छन र अन्यले पनि अनुमति लिने क्रममा रहेका छन ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।