‘सेन्टी भाइरस’ ले एकै दिनमा कमायो १.१२ करोड


काठमाडौं – शुक्रवारबाट प्रदर्शनमा आएको ‘सेन्टी भाइरस’ ले पहिलो दिनमा १.१२ करोड रुपैयाँ आम्दानी गरेको छ ।

धुर्मुस सुन्तलीले निर्माण गरेको उक्त फिल्मले राजधानी भित्र मात्र ५९ लाखको व्यापार गरेको हो । त्यस्तै राजधानी बाहिर ५३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

रामबाबु गुरुङले निर्देशन गरेको फिल्ममा सिताराम कट्टेल र कुञ्जना घिमिरेका साथमा दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सुर्यमाला खनाल, वसन्त भट्ट र दीपक आचार्यको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement