देउवाको गृह जिल्लामा अधिवेशन स्थगित

देउवाको गृह जिल्लामा अधिवेशन स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको सातौं जिल्ला अधिवेशन स्थगित भएको छ । सदस्यताको नामावली व्यापक हेरफेर र घटबढ गरेको भन्दै अधिवेशन स्थगित गरिएको जिल्ला सभापति कर्ण बहादुर मल्लले बताएका छन् । मंगलबार एक विज्ञप्ती जारी गर्दै उनले केन्द्रीय निर्वाचन समितिले अधिवेशन सम्पन्न गर्नका लागि खटाएको निर्वाचन अधिकृत लोकेन्द्र बहादुर बमले निर्वाचन सामाग्री पार्टीमा नबुझाएको समेत बताएका छन्।  साथै अन्य केहीले एक पक्षीय रुपमा बैठकमा सहभागी भएर दस्तखत गर्न नमानेको कारण अधिवेशन स्थगित गर्नुपरेको उनले जनाएका छन् ।

यता निर्वाचन अधिकृत लोकेन्द्र बमले भने केन्द्रीय निर्वाचन समितिको निर्णय अनुसार यहि भदौ २५ गते वडा अधिवेशन हुने भन्दै विज्ञप्ति जारी गरेका छन्।

विज्ञप्तीमा बाँकी पालिका, प्रदेश सभा क्षेत्र र जिल्ला अधिवेशनको मिति आगामी सूचनामार्फत जानकारी गराइने उल्लेख गरिएको छ।