सेती प्रादेशिक अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार

सेती प्रादेशिक अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सेती प्रादेशिक अस्पतालले प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार सुरु गरेको छ ।

अस्पतालले सोमबार एक विज्ञप्ति जारी गर्दै प्लाज्मा थेरापीको लागि कोरोना भाइरसको संक्रमण मुक्त भएका मानिसले रगतदान गर्नुपर्ने आह्वान गरिएको छ ।

अस्पतालका डा. अशोक चौधरीले सोही रगतबाट नै प्लाज्मा तयार गरेर कोरोना स.क्रमितको उपचार हुने बताए । उनले कोरोना मुक्त भएको दुई हप्ता पुगेको र पिसिआर नगेटिभ आएको रिपोर्टसहित व्यक्तिले रगतदान गर्न सक्ने बताए ।

उनले रक्तदाताको आवश्यकता रहेकाले रक्तदान गर्न पनि आह्वान गरेका छन् । डा. चौधरीले प्लाज्मा थेरापीका लागि सम्पूर्ण तयारी पूरा भएकाले रक्तदाताहरुको कमी रहेको बताए । उनले अस्पतालमा जटिल किसिमका बिरामी नभएको र प्लाज्मा पनि नभएकाले यो सेवा सुचारु गरिनसकेको बताए ।

‘सिरियस बिरामी आयो र हामीसँग प्लाज्मा उपलब्ध भयो भने हामी उपचार गर्न तयारी अवस्थामा छौं,’, डा. चौधरीले भने, ‘प्लाज्मा दिनका लागि हामीले आह्वान गरेका छौं ।’