तनहुँको पुल्चोक बजारमा सेती नदी पस्यो

तनहुँको पुल्चोक बजारमा सेती नदी पस्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – लगातारको वर्षातपछि आएको बाढीले तनहुँमा सेती नदी बस्तीमा पसेको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोक बजारमा सेती नदी पसेको हो ।

सेती र सुरौंदी खोलासमेत पुल्चोक बजारमा पसेपछि ४० भन्दा बढी घर डुबानमा परेका छन् । बानमा परेपछि १ सय ४५ जनाभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा नेपाल प्रहरीसहित नेपाली सेना खटिएका छन् । उनीहरले उद्धार कार्यलाई तिव्रता दिइरहेका छन् ।