७ कम्युनिस्ट घटकले भन्यो-नेपालमा भारतीय पक्षको हस्तक्षेप र अतिक्रमण जारी

७ कम्युनिस्ट घटकले भन्यो-नेपालमा भारतीय पक्षको हस्तक्षेप र अतिक्रमण जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विभिन्न ७ कम्युनिस्ट पार्टीहरूले चीन र भारत सरकारबिच लिपुलेक मार्ग भएर व्यापार सञ्चालन गर्ने भएको सम्झौताको विरोध गरेका छन् ।

उनीहरूले ऐतिहासिक तथ्य, अन्तर्राष्ट्रिय नक्साका आधारमा कालापानी र लिपुलेक नेपालको अभिन्न अंग भएको भन्दै भारतीय हस्तक्षेपको विरोध गरेका हुन् ।

‘ऐतिहासिक तथ्य अन्तर्राष्ट्रिय नक्साका आधारमा यो खुल्ला र स्पष्ट छ कि कालापानी र लिपुलेक नेपालका अविभाज्य अङ्गहरु हुन । तर त्यसमाथि भारतीय पक्षले निरन्तर हस्तक्षेप र अतिक्रमण जारी राखेको छ । त्यसप्रति हाम्रो तर्फबाट गहिरो असहमति र विरोध रहँदै आएको छ । यसैबीच चीन र भारतबिच त्यस किसिमको सहमति हुनु हाम्रो राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र अखण्डता माथिको रणनीतिक हस्तक्षेप, निषेध र चोटपूर्ण कदम हो’ ७ दलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अन्तर्राष्ट्रिय समुदायको ध्यान आकृष्ट गर्दै उनीहरूले प्रधानमन्त्री केपि शर्मा ओलीको आसन्न चीन र भारत भ्रमण स्थगन गरी नेपालको स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको दृढ रक्षा गर्न र अतिक्रमित भूमि अविलम्ब फिर्ता गर्न कदम चाल्न विशेष खबरदारी गरेका छन् ।