काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मनसुनी न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको बताएको छ । महाशाखाले देशभर आंशिक देखि सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षा भईरहेको जनाएको छ ।
महाशाखाले शुक्रबार दिउँसो देशभर सामान्य देखिपूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
यस्तै, महाशाखाले जारी गरेको पूर्वानुमानमा राति देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन,चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ ।
काठमाडौं उपत्यकामा बिहानैदेखि मौसममा बदली आएको छ । हल्का वर्षा भइरहेको छ । “न्यूनचापीय मनसुनी रेखा तराईका भूभागमा भित्रिदोँ क्रममा रहेको छ । त्यसैले कम्तिमा अब तीनदिन पानी पर्नेछ,” मौसम विद् विभुती पोखरेलले भनिन्, “सक्रिय मनसुन जारी रहेकाले पानी पर्नेक्रम जारी रहन्छ ।”




प्रतिक्रिया