प्रहरीभित्र गम्भीर बदमासी : २/४ जनाको स्वार्थले संगठनकै बद्नाम !


काठमाडौं – सुरक्षा संयन्त्र र निकायहरूले उद्देश्य मूलतः शान्तिसुरक्षा, अमनचयन र कानूनी शासनको प्रत्याभूति गराउनु हो । तर, महत्त्वपूर्ण सुरक्षा अंग नेपाल प्रहरीभित्र केही व्यक्तिको स्वार्थ र षड्यन्त्रका कारण पूरै संगठन नै बद्नाम हुने अवस्था समेत आउने गरेको छ ।

केही लापरवाही, केही ढिलासुस्ती र केही बद्मासीका कारण प्रहरीलाई सर्वसाधारणले हेर्ने दृष्टिकोण नै नराम्रो बन्न जान्छ । जसको पछिल्लो उदाहरण बनेको छ – २ नम्बर प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्र परीक्षाअघि नै ‘आउट’ भएको घटना ।

एसईईको प्रश्नपत्र छपाईदेखि परीक्षा हलसम्म पुग्दा सुरक्षाकर्मीकै निगरानीमा रहन्छ । परीक्षा शुरू हुनुभन्दा करीब आधा घण्टा अगाडि मात्रै प्रश्नपत्र परीक्षा केन्द्रमा पुग्ने र १५ मिनेट अगाडि मात्रै ‘प्याकिङ’ खोलिने अभ्यास रहँदै आएको सन्दर्भमा सुरक्षाकर्मीको संलग्नता बिना प्रश्नपत्र बाहिरिने सम्भावना नरहेको सामान्य अनुमान रहन्छ । तर प्रश्नपत्र बाहिरिएको घटना अनुसन्धानका क्रममा प्रहरी जवान नै पक्राउ परेपछि सामान्य अनुमान सत्य सावित हुँदै गएको छ ।

परीक्षा स्थगित भएसँगै घटना छानबिन गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सिरहा जिल्लाको ईलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई प्रहरी जवान ब्रह्मदेव सुनरैत र दीपेन्द्रकुमार मण्डललाई नियन्त्रणमा लिएको सार्वजनिक भएको छ ।

अपराधमा प्रहरी संलग्नता !
२ नम्बर प्रदेशमा १४ र १५ गतेका लागि तोकिएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र परीक्षाअघि नै बाहिरिएको घटना सार्वजनिक भयो । त्यसपछि परीक्षा रद्द र स्थगित भए । अन्य प्रश्नपत्र समेत बाहिरिएको हुनसक्ने आशंका गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेलको निर्देशनमा राष्ट्रिय परीक्षा बोर्डले प्रदेशमा बाँकी सबै परीक्षा स्थगित गरेको थियो ।

परीक्षा स्थगित भएसँगै घटना छानबिन गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सिरहा जिल्लाको ईलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई प्रहरी जवान ब्रह्मदेव सुनरैत र दीपेन्द्रकुमार मण्डललाई नियन्त्रणमा लिएको सार्वजनिक भएको छ । दुवै प्रहरी जवानलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ ।

सीआईबीले नियन्त्रणमा लिएका प्रहरीमध्ये एकजना परीक्षार्थी पनि रहेका र अर्का प्रश्नपत्रको तस्विर खिच्न संलग्न रहेको जनाइएको छ । नजिकका साथीसमेत रहेका दुवैबाटै प्रश्नपत्र बाहिरिएको पर्याप्त आधार भेटिएको प्रहरी स्रोतको दाबी छ । ईलाका प्रहरी कार्यालय कल्याणपुरमा जनता मण्डल मावि बनिनिया र रादु मावि कल्याणपुरको प्रश्नपत्र राखिएको थियो ।

अनुसन्धानको पूर्णविवरण आइनसके पनि प्रश्नपत्र बाहिरिनुमा प्रहरीभित्रकै व्यक्तिको संलग्नता हुने देखिएको छ । दुवै प्रहरी जवानको गिरफ्तारीले त्यसको प्रक्रिया शुरू गरिसकेको छ । प्रदेशभरिका हजारौं विद्यार्थीको भविष्यसँग जोडिएको परीक्षामा भएको गम्भीर बदमासीले प्रहरी संगठनकै प्रतिष्ठामा आँच आउने देखिएको छ । यसअघि समेत थुप्रै भ्रष्टाचार, अनियमितता र लापरवाहीमा प्रहरीका अधिकारी मुछिएर संगठनको बद्नाम हुने गरेको थियो ।

एसईईको प्रश्नपत्र बाहिरिएको प्रकरण देशभर चर्चित भएको छ । यो अपराधमा प्रहरी जवानकै संलग्नता देखिनु सामान्य विषय होइन । प्रहरी भित्रका २–४ व्यक्तिले गर्ने २–४ चर्चित अपराधले प्रहरीका इमान्दार अधिकारी र कर्मचारीले गरेका पर्याप्त राम्रा काम समेत ओझेलमा पर्छन् ।

नैतिकता र जिम्मेवारीबोधमा स्खलन !
प्रहरी संगठन सँगसँगै ईलाका प्रहरी कार्यालयमा खटिएका प्रहरी जवानको जिम्मेवारी प्रश्नपत्रको सुरक्षा गर्नु थियो । तर आफ्नो व्यक्तिगत स्वार्थका लागि प्रहरी जवानले जिम्मेवारी बिर्सिएर प्रश्नपत्र हेर्न खोजे । जुन पदीय नैतिकता र जिम्मेवारी विपरीतको काम थियो ।

प्रहरी जवानहरूले आफ्नो अपराधकर्म अनुसारको सजाय त भोग्ने नै छन् तर प्रहरी घेराभित्रै अपराध भएकाले प्रहरी संगठनको साखमा समेत धक्का लाग्ने देखिएको छ । संगठनकै बद्नाम हुने गरी भइरहेका क्रियाकलाप रोक्न प्रहरी अधिकारी, कर्मचारी र जवानलाई नैतिकवान बनाउनु आवश्यक छ । संगठनभित्र देखिएको नैतिकताको खडेरीलाई अन्त्य गर्न सकेमा प्रहरी संगठनप्रति सर्वसाधारणको विश्वास बढाउन सकिन्छ ।

एसईईको प्रश्नपत्र बाहिरिएको प्रकरण देशभर चर्चित भएको छ । यो अपराधमा प्रहरी जवानकै संलग्नता देखिनु सामान्य विषय होइन । प्रहरी भित्रका २–४ व्यक्तिले गर्ने २–४ चर्चित अपराधले प्रहरीका इमान्दार अधिकारी र कर्मचारीले गरेका पर्याप्त राम्रा काम समेत ओझेलमा पर्छन् ।

यसतर्फ प्रहरी नेतृत्व र सरकारले गम्भीर भएर प्रहरी संगठन शुद्धीकरण र सुदृढीकरण गर्नेतिर ध्यान दिनु जरुरी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement