सेवा प्रदायकले नहटाएपछि अव्यवस्थित तार आफैं काट्दै महानगर

सेवा प्रदायकले नहटाएपछि अव्यवस्थित तार आफैं काट्दै महानगर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- इन्टरनेट सेवा प्रदायकले अव्यवस्थित तार आफैंले नहटाएपछि महानगरले हटाउने निर्णय गरेको छ । आइतबार विभिन्न संस्थाहरूको प्रतिनिधिहरुको उपस्थितिमा काठमाण्डु महानगरपालिका नगर कार्यपालिकाको कार्यालय बागदरबारमा महानगर प्रहरी बल प्रमुख राजु पाण्डेको कार्यकक्षमा बैठक बसेको थियो।

बैठकले सोमबारदेखि नै अव्यवस्थित तार काट्ने निर्णय गरेको छ। निर्णयमा भनिएको छ, ‘काठमाडौँ महानगरपालिकाको क्षेत्रभित्र अव्यवस्थित रुपमा विभिन्न निकायहरुबाट राखिएका तार व्यवस्थापन विषयमा बैठक बसी २०८०/०१/२५ देखि तार व्यवस्थापन गर्ने निर्णय गरियो।’

महानगरले विभिन्न पोलमा रहेका अव्यवस्थित तार हटाउन यसअघि सार्वजनिक सूचना जारी गरेको थियो। उक्त अवधिमा सेवा प्रदायकले तार हटाएका थिएनन्। तत्कालका लागि उक्त कार्य स्थगित गर्नुपर्ने संघीय मन्त्रालयको रायसहित पत्र महानगरलाई पठाइएको थियो।

नगरको सौन्दर्यमा असर पार्नुका साथै आगलागी बढेको भन्दै तार हटाउने तयारी महागरले गरेको हो।