लम्साललाई बेल्जियमको राजदूत बनाएर राईलाई परराष्ट्रसचिवमा बढुवा गरिदै

लम्साललाई बेल्जियमको राजदूत बनाएर राईलाई परराष्ट्रसचिवमा बढुवा गरिदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले परराष्ट्रसचिव सेवा लम्साललाई बेल्जियमको राजदूत बनाएर पठाउने तयारी गरेको छ । निकटस्थ स्रोतका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकबाट १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस हुँदा सचिव लम्सालका लागि भनेरै बेल्जियममा नयाँ राजदूत सिफारिस गरिएन ।

अहिले बेल्जियममा गेहेन्द्र राजभण्डारी राजदूत छन् । उनको कार्यकाल आगामी मंसिर २० गते सकिने भएकाले लम्साललाई राजदूत बनाएर पठाउने तयारीमा सरकार लागेको हो ।

बहालवाला राजदूतको कार्यकाल सकिनुभन्दा तीन महिना अगाडि नयाँ राजदूत सिफारिस गर्ने कार्यविधि अनुरुप छिट्टै लम्साललाई राजदूतमा सिफारिस गर्ने तयारीमा सरकार छ ।

लम्सालको कार्यसम्पादन कमजोर भएको गुनासो सर्वत्र छ । उनलाई युरोपको महत्वपूर्ण मानिने वेल्जियममा राजदूत बनाएर सहसचिव अमृत राईलाई सचिवमा बढुवा गर्ने तयारी रहेको उच्च स्रोतले जानकारी दियो ।

अहिले मन्त्रालयको प्रवक्ता भएर काम गरिरहेका राई परराष्ट्रमा भएकामध्य सबैभन्दा सिनियर सहसचिव हुन् । उनले साउथ अफ्रिका र संयुक्त राष्ट्रसंघका लागि नेपाली राजदूत भएर काम गरिसकेका छन् ।

राई उपसचिव भएको बेलामा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली परराष्ट्रमन्त्री भएको बेलामा नीजिसचिव भएर पनि काम गरेका थिए ।

सचिव लम्सालले भारत वा बेलायतको राजदूत मागेकी थिइन् । सोमबारको मन्त्रिपरिषद् बैठकले भारतमा वर्तमान राजदूत डा. शंकर शर्मालाई नै निरन्तरता दिएको छ भने बेलायतमा पूर्वसचिव चन्द्र घिमिरेलाई सिफारिस गरेको छ । भारतका लागि पूर्वमुख्यसचिव शंकरदाश बैरागी पनि आकांक्षी थिए ।