के सेक्सको लत लाग्नु रोग हो ? यसो भन्छन् मनोविद

के सेक्सको लत लाग्नु रोग हो ? यसो भन्छन् मनोविद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी लेखक मार्क ट्वेनको एक भनाई प्रचलित छ । उनले भनेका थिए, ‘चुरोट छोड्नु सजिलो थियो, मैले सयौं पटक यसो गरे । तर अत्यन्त सजिलो छ’ भनेर कहिले पनि भनेका थिए । पछि फोक्सोको क्यान्सरबाट उनको मृत्यु भएको थियो । आपूmले निकोटिन, रक्सी तथा लागु औषध जस्ता नशालु बस्तुलाई स्वीकार गरेको र यसबाट हुने नोक्सानीलाई पनि स्वीकार गरेको उनले बताएका थिए । तर सेक्सको मामिलामा विशेषज्ञको मत विभाजित छ । केहीले सेक्सको लत हुने बताएका छन् भने केहीले यो अस्वीकार गर्दै आएका छन् ।

तर सेक्सको लत बिमारी होइन र यो विषयलाई लिएर कति मानिसले चिकित्सकिय परामर्श मागेका छन् यसको बारेमा आधिकारिक डेटा उपलब्ध छैन । अश्लील तथा सेक्सको लतसँग जुझिरहेका मानिसको सहयोगका लागि विकशित गरिएको एक वेबसाइटले बेलायतमा २१,००० मानिसमाझ सर्भे गरेको थियो । यी मानिसले २०१३ पछि वेबसाइटसँग सहयोगका लागि सम्पर्क गरेका थिए । यसमा ९१ प्रतिशत पुरुष थिए र केबल १० ले मात्रै आफ्नो समस्याका लागि चिकित्सकको परामर्श लिएका थिए ।

सेक्सको लतलाई २०१३ मा डायग्नोस्टिक एन्ड स्ट्याटिस्टिकल म्यानुअल अफ मेन्टल डिसअर्डर (डीएसएम) मा समावेश गर्ने विषयमा विमर्श गरिएको थियो । तर प्रमाणको अभावमा यसलाई समावेश गरिएन । तर अब कम्पल्भि सेक्सुअल बिहेभियर (बाध्यकारी यौन व्यवहार) लाई विश्व स्वास्थ्य संगठनको तर्फबाट जारी हुने म्यानुअल इन्टरनेशलन क्लासिफिकेसन अफ डिजिज (आईसीडी)मा समावेश गर्ने विषयमा सोचिएको छ ।

नयाँ प्रमाण फेला परेपछि जुवा खेल्ने लत तथा धेरै खाने लतलाई पनि २०१३ मा बिमारीको रुपमा स्वीकार गरिएको थियो । पहिले जुवालाई बाध्यकारी व्यवहार मानिएको थियो । थेरापिस्टका अनुसार सेक्सको लतलाई पनि यसैमा समावेश गर्न सकिन्छ ।

एक अनुसन्धानकाअनुसार जब सेक्सको लतको शिकार भएको कुनै व्यक्तिले पोर्न हेर्छ उसको दिमागमा यस्तै गतिवधि हुन्छ, जस्तो कि नसाको लतको शिकार भएको व्यक्तिको दिमागमा लागु औषध हुन्छ । कुनै व्यक्तिलाई सेक्सको लत छ वा छैन भन्ने विषय तपाई कुन चीजलाई लत मान्नु हुन्छ भन्ने वियषयमा निर्भर रहन्छ र यसको कुनै निर्धारित व्याख्या पनि छैन ।

खुला विश्वविद्यालयमा एमेरिट्सका प्रोफेसर डा. फ्रेडरिक टोयट्स भन्छन्, ‘यदी शारीरिक रुपमा निर्भर रहेका छन् र यसलाई छोड्दा शारीरिक चोट लाग्न जान्छ भने सेक्स लत हुन सक्दैन ।’ यद्यपि यसका लागि विस्तृत व्याख्या धेरै सहयोगी हुन सक्ने उनी स्वीकार गर्छन् ।

लतको शिकार भएका मानिस अल्पकालिन फाइदा हेर्छन्, तर यसले दीर्घकालिन नोक्सनी बढी हुने विषयमा उनीहरु ख्याल नराख्ने प्राध्यापक टोएट्स भन्छन् । यसको विपरित बाध्यकारी व्यवहारबाट प्रभावित मानिस यस्तो व्यवहार गर्छन् कि जसले उनीहरुलाई कुनै आनन्द आउदैन । तर आनन्दको इच्छा त हामी सबैलाई हुन्छ भने सामान्य प्रतिफलको इच्छा भएको व्यवहार तथा लतमा के फरक हुन्छ ?

कुनै व्यवहार तब लत हुन जान्छ जब यो तीव्र हुन्छ र यसले वरपरका मानिसलाई नोक्सानी पु¥याउन थाल्ने मनोविद डा. हेरियट गेरार्ड बताउँछिन् ।

उनी जुवा खेल्ने र अधिक खाने व्यवहारलाई पनि लत मान्छिन् । सेक्स सम्बन्धि व्यवहार पनि लत हुन सक्ने मनोविद डा. अबिगेल बताउँछिन् ।