कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिकामा एक युवाको शव भेटिएको छ । बिहीबार बिहान कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बरको ४ सीमाना बुटाबारीमा एक युवक मृत अवस्थामा भेटिएका हुन् ।
मृत अवस्थामा भेटिएका युवक बुटाबारीका स्थानीय बिष्णु गिरी भएको पहिचान खुलेको इलाका प्रहरी कार्यालय बेलौरीले जानकारी दिएको छ । युवकको अवस्था र प्रकृति हेर्दा हत्या गरिएको आशङ्का प्रहरीले गरेको जनाएको छ ।




प्रतिक्रिया