ओखलढुंगा – जिल्लाको चम्पादेवी गाउँपालिका–२, ओदेखोलामा एक जनाको शव भेटिएको छ ।
शव भिरमुनीको खोल्सामा फेला परेको शव हत्या गरेर फालिएको हुन सक्ने अनुमान गरिएको छ । फेला परेको शव चम्पादेवी गाउँपालिका–७ का ४६ वर्षीय रुद्धबहादुर थापाको भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
थापाको बुधबार राति भिरबाट लडेर मृत्यु भएको बताइए पनि घटनाको प्रकृति हेर्दा शंकास्पद रहेको र यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी पुष्पराज मल्लले जानकरी दिए ।
थापासँगै हिँडेका चम्पादेवी गाउँपालिका–३ का २८ वर्षीय दीपक बुढाथोकी भने घाइते अवस्थामा भेटिएका छन् । उनलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।




प्रतिक्रिया