काठमाण्डु – प्रहरीले सुटकेशभित्र भेटिएको शव पहिचानका लागि तस्वीर सार्वजनिक गरेको छ ।
काठमाण्डुको गोंगबु चोक नजिकै आइतबार सुटकेशमा फेला परेको शवको सनाखत हुन नसकेपछि प्रहरीले सोमबार मृतकको तस्वीर सार्वजिनक गरेको हो । शवको पहिचानमा सहयोग पुग्ने अपेक्षाका साथ तस्वीर सार्वजनिक गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी ईश्वर कार्कीले बताए ।
तस्वीरको पहिचान गर्ने व्यक्तिले नजिकैको प्रहरी चौकीमा खबर गर्न समेत एसपी कार्कीले सबैसँग आग्रह गरेका छन् ।
गोंगबु चोक नजिकै आइतबार सुटकेसभित्र अन्दाजी ४० देखि ४५ वर्षका पुरुषको टाउको र खुट्टाविनाको शव भेटिएको थियो ।




प्रतिक्रिया