धादिङमा अष्ट्रियाका एक पर्यटक मृत भेटिए

धादिङमा अष्ट्रियाका एक पर्यटक मृत भेटिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ – धादिङमा एक पर्यटक मृत भेटिएका छन् । जिल्लाको रुबीभ्याली गाउँपालिका १ को सोदाङ भन्ने ठाउँमा शनिबार अष्ट्रियाका ७० वर्षीय व्लिहिम व्हिन्डर टेन्टमा सुतेकै अवस्थामा मृत भेटिएका हुन् ।

अत्याधिक चिसो बढेकाले ट्रेकिङका लागि आएका पर्यटकको बास बसेकै स्थानमा ज्यान गएको प्रहरीले जानकारी दिएको छ । जिल्ला सदरमुकामबाट प्रहरी घटना भएको ठाउँमा हेलिकप्टर लिएर गएको छ । रुबीभ्यालीको सेर्तुङ प्रहरी चौकीबाट घटना भएको ठाउँ १० घण्टाको पैदल दुरीमा पर्छ ।