काठमाडाै – विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रवादी मुखुण्डो ओढेर अधिनायकवादको बाटोमा अघि वढेको आरोप लगाएको छ।
भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा सो पार्टीले विगतमा भारतले गरेको नाकाबन्दीको विरोध गर्दै राखेको व्यानर प्रहरीले हटएपछि विवेकशील साझाले यस्तो आरोप लगाएको खबर आजको नागरिक दैनिकले छापेको छ।
मोदीको भ्रमणको अबसर पारेर सो पार्टीले आफ्नो केन्द्रीय कार्यालयमा ‘मोदीजी स्वागत छ, तर नाकाबन्दी बिर्सेका छैनौँ’ लेखिएको व्यानर राखेको थियो। पटक पटक व्यानर राख्दा पनि प्रहरीले हटाएको थियो।
प्रहरी हस्तक्षेपको विरोधमा सो पार्टीले देशका विभिन्न ठाउँमा प्रदर्शन गरेको छ। प्रदर्शनमा पनि प्रहरीले हस्तक्षेप गरी आफ्ना नेता कार्यकर्तालाई पक्राउ गरेको सो पार्टीले जनाएको छ।
आफूलाई अब्बल राष्ट्रवादी दाबी गर्ने ओली सरकारले भारतीय नाकाबन्दी उल्लेख गरेकै कारण ब्यानर हटाउनु र प्रहरी दमनमा उत्रनुले सरकारको राष्ट्रवादी मुखुण्डो च्यातिएको जनाएको छ।




प्रतिक्रिया