कांग्रेस सांसद शाहविरुद्ध पक्राउ पुर्जी जारी

कांग्रेस सांसद शाहविरुद्ध पक्राउ पुर्जी जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरुद्व पक्राउ पुर्जी जारी भएको छ ।

कपिलवस्तुको कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष अध्यक्ष सीताराम शर्मामाथि आक्रमण गरेको आरोपमा शाहलाई पक्राउ गर्न पुर्जी जारी भएको हो ।

घटनामा सांसद शाहविरुद्ध मुद्दा दर्ता भएर पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी डीएसपी रिपेन्द्रकुमार सिंहले जानकारी दिए । शाह कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् ।