मेरो चरित्र हत्या गर्न खोजियो, षड्यन्त्र कदापी स्वीकार्य हुँदैनः सांसद शाह

मेरो चरित्र हत्या गर्न खोजियो, षड्यन्त्र कदापी स्वीकार्य हुँदैनः सांसद शाह


काठमाडौं – सांसद अभिशेकप्रताप शाहले आफ्नो चरित्र हत्या गरेको भन्दै आपत्ति जनाएका छन् ।

कपिलवस्तुबाट नेपाली कांग्रेसबाट निर्वाचित सांसद शाहमाथि गत निर्वाचनमा चलचित्र अभिनेता श्यामकुमार मिश्रालाई आफ्नै घरमा बोलाएर निर्घात कुटपिट गरेको आरोप लागेको छ ।

आफ्ना गाडी चालक शशि कस्यप र शाह मिलेर मिश्राले आफूलाई कोठाभित्र थुनेर कुटपीट गरेको आरोप लगाएका छन् । सांसद शाहले आफूले ड्राइभर कस्यप र मिश्राबीच झडप भएकाले छुट्याएको बताए ।

सांसद शाहले आफू वेल्स पालसी रोगबाट पीडित भएको र आफूलाई फसाउन गरिएको षड्यन्त्र कदापी स्वीकार्य नहुने बताएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै सांसद शाहले मिश्राले उल्टै आफ्नो ड्राइभरमाथि मरणाशन्न हुनेगरी कुटपिट गरेको बताए ।

विज्ञप्तिमा भनिएको , ‘मेरोविरुद्ध मुद्धा दर्ता गराउने स्थानीय युवा मिश्रा आफैंमा नशा सेवन गर्ने डिप्रेशनका विरामी व्यक्ति हुन् । कृष्णनगर भन्सार परिसरमा रहेर पटकपटक राजश्व चोरकिा घटनामा मिश्रा संलग्न छन् । सीमा क्षेत्रमा रहेर तस्करी गर्ने यस्तो अपराधिक चरित्र बोकेका मिश्राले राजीतिक एजेण्डाबाट मलाई परास्स्त गर्न नसकी नेकपा मेरा तत्वहरुसँग मिलेर मलाई झुठो मुद्धामा फसाउन खाजेको छन् । तर, सम्मनित अदालतबाट सत्य तथ्यको आधारमा फैसला हुनेछ भन्नेमा म विश्वस्त छु ।’

गत निर्वाचनमा राप्रपाबाट चुनाव लडेका मिश्रा सांसद शाहसँग पराजित भएका थिए ।