किसानलाई पेन्सनको व्यवस्था गरौंः प्रभु साह

किसानलाई पेन्सनको व्यवस्था गरौंः प्रभु साह


काठमाण्डु आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्।

बुधबार प्रतिनिधि सभामा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले कृषि क्षेत्रको प्रोत्साहनका लागि, किसानको सम्मानको लागि पनि उनीहरुलाई पेन्सन दिने व्यवस्था गर्न सरकारले आँट गर्नुपर्ने उनले बताएका हुन् ।

साहले लुटेर बसेका कर्मचारीहरुलाई पेन्सन दिने तर, किसानलाई नदिने काम नगर्न पनि सरकारलाई सचेत गराए। उनले विनियोजित बजेटले कृषि क्षेत्रतर्फ आकर्षित गर्न सक्ने सम्भावना नरहेको उल्लेख गर्दै त्यसतर्फ विशेष ध्यान पुर्‍याउन सरकारलाई सुझाव दिएका छन् ।