काठमाण्डु- सशस्त्र प्रहरी बल मुख्यालयले डिआइजी दिपेन्द्र शाहलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । सशस्त्र प्रहरी बल स्थापना दिवसका अवसरमा मुख्यालयले डिआईजी शाहलाई उत्कृष्ट बाहिनीपतिको रुपमा पुरस्कृत गर्ने निर्णय गरेको हो ।
यससँगै छिन्नमस्ता वाहिनी बर्दिबासमा कार्यरत डिआइजी शाह आठ बाहिनीपति मध्ये उत्कृष्ट बाहिनीपतिको रुपमा पुरस्कृत हुने भएका छन् ।आठ जिल्लाको कमान्ड रहेको सो बाहिनीले सीमा सुरक्षामा समेत उल्लेख्य कार्य गरेको मूल्यांकन गर्दै पुरस्कृत गर्ने निर्णय भएको जनाइएको छ ।
मधेस प्रदेश सीमा सुरक्षाको दृष्टिले संवेदनशील रहेको र सीमामा हुने आपराधिक गतिविधि नियन्त्रण तथा राजश्व छलीलाई समेत न्यूनीकरण गरेको भन्दै सो बाहिनीका बाहिनीपति डिआइजी शाहलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो ।
बर्षभर उत्कृष्ट भएका वाहिनी, तालिम केन्द्र,गण, गुल्म र युनिटहरूलाई सशस्त्र प्रहरी बल स्थापना भएको माघ ९ गते मुख्यालयमा पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।




प्रतिक्रिया