मन्त्री महासेठले झापा र धनुषामा मात्र बजेट केन्द्रित गरेको ज्ञानेन्द्र शाहीको आरोप

मन्त्री महासेठले झापा र धनुषामा मात्र बजेट केन्द्रित गरेको ज्ञानेन्द्र शाहीको आरोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई तपार्इँ झापा र धनुषाको मात्र मन्त्री हो ? भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समयमा बोल्दै सांसद शाहीले मन्त्री महासेठले झापा र धनुषामा मात्र बजेट केन्द्रित गरेको आरोप लगाएका छन् ।

उनले भौतिक पूर्वाधार मन्त्रालयको कुल बजेटको १० प्रतिशत बजेट धनुषा र झापामा छुट्याइएको तर सिंगो कर्णालीलाई केवल ४ प्रतिशत बजेट छुट्याएको भन्दै आपत्ति जनाएका थिए ।

उनले धनुषा जिल्लामा ८ अर्ब ७७ करोडको बजेट विनियोजन गरेको र झापामा ६ अर्ब ७० करोड बजेट विनियोजन गरेको आँकडा प्रस्तुत गरेका थिए । सांसद शाहीले कर्णालीका १० जिल्लाले ७ अर्बको बजेट विनियोजन गरेको उल्लेख गरे ।