काठमाडौं – सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले संगठनमा नीतिविपरितका काम नगर्न चेतावनी दिएका छन् । आईजीपी खनालले संगठनको नीतिविपरितका कार्य आफूलाई स्वीकार्य नहुने चेतावनी दिए ।
उनले मातहतका कुनै पनि सशस्त्र प्रहरी कर्मचारीबाट नीतिविपरीतका कार्य एवं लोभलालचामा परेर कुनै क्रियाकलाप भए ऊसँगै उसको कमान्डरमाथि समेत ‘एक्सन’ लिइने चेतावनी दिएका छन् ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनबाट नेपाल सरकार तथा गृह मन्त्रालयबाट भएका नीतिगत निर्देशनलगायत संगठनको कार्यक्षेत्रभित्रका विविध विषयमा ‘भिडियो कन्फरेन्स’ मार्फत मातहत सबै प्रदेशका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षकहरूलाई निर्देशन दिएको डीएसपी अजय कुमार छतकुलीले जानकारी दिए ।
‘आफू मातहतका सशस्त्र प्रहरी कर्मचारीहरूलाई तपाईंहरूले नियन्त्रणमा राख्दै संगठनको निर्दिष्ट लक्ष्य प्राप्तिमा क्रियाशील रहनुहोला,’ बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षकहरूलाई निर्देशन सम्बोधनको क्रममा सशस्त्र प्रहरी महानिरीक्षक खनालको भनाई उद्धृत गर्दै डीएस्पी छतकुलीले भने, ‘यदि कतैबाट कुनै अवाञ्छित कार्य हुन पुगे प्रचलित कानुनबमोजिम नियन्त्रण गर्नुस्, हेडक्वार्टर सधैं तपाईंहरूको साथमा रहनेछ ।’




प्रतिक्रिया