बारेकोटका पहिरो पीडितलाई राहत सामाग्री लिएर मन्त्री बस्नेत जाजरकोट प्रस्थान

बारेकोटका पहिरो पीडितलाई राहत सामाग्री लिएर मन्त्री बस्नेत जाजरकोट प्रस्थान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  –वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत जाजरकोटका पहिरो पीडितलाई रहात सामाग्री लिएरु बारेकोट प्रस्थान गरेका छन् ।

आइतबार बिहान मन्त्री बस्नेतसहितको टोली नेपाली सेनाको स्काई ट्रकमा राहात सामाग्री लिएर बाढि पहिरो प्रभाबित क्षेत्रमा प्रस्थान गरेकाे हाे । टोलीमा मन्त्री बस्नेतसहित पूर्वमन्त्री एवं सांसद सत्य पहाडी, सासंदद्वय माया प्रसाद आचार्य, भैरव सुन्दर शेष्ठ रहेका छन् ।

पहिरोमा ५०० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट–४ जिरीका ३२ घर, गोठगाउँका आठ घर, मैनागाउँका ५० भन्दा बढी घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

विस्थापित परिवारलाई हिमालय आधारभूत विद्यालय गोठगाउँ र भगवती आधारभूत विद्यालय जिरीमा राखिएको छ ।