काठमाण्डु – वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले मानवीय त्रुटिका कारण चितवन कुसुम खोलाका चेपाङको घरमा आगलागी भएको बताएका छन् ।
बुधबार संघीय संसद्को प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले मानवीय त्रुटिले घर जलेको बताए ।
मन्त्री बस्नेतले वन मन्त्रालयले यस घटना छानबिन गर्न गठन गरेको समितिको प्रतिवेदन आइनसकेको पनि समितिलाई जानकारी दिए ।
बस्नेतले निकुञ्जका कर्मचारीले चेपाङ बस्तीमा आगो लगाउने र हात्ती लगाएर भत्काउने काम दुःखद् र अनुपयुक्त भएको बताए ।




प्रतिक्रिया