कल्सल्ट्यान्टले कोभिड–१९ को बहानामा नलगाड आयोजनाको डीपीआरमा ढिलाइ गरेको भन्दै वनमन्त्रीको आपत्ति

कल्सल्ट्यान्टले कोभिड–१९ को बहानामा नलगाड आयोजनाको डीपीआरमा ढिलाइ गरेको भन्दै वनमन्त्रीको आपत्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जाजरकोटमा बन्न लागेको ४ सय १७ मेगावाटको जलासययुक्त नलगाड जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को प्रगतिबारे ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्त र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी लिएका छन् ।

आयोजना प्रमुखसहित कर्मचारी र डिपीआरको जिम्मा पाएको कन्सल्ट्यान्टका प्रतिनिधिसँग मन्त्रीद्वयले शुक्रबार ऊर्जा मन्त्रालयमा प्रतिवेदनबारे जानकारी लिएका हुन् । त्यस क्रममा डिपीआरको काम गदै आएको अमेरिकन कम्पनी स्मेकका प्रतिनिधि बाबुराम भारद्वाज र रेशम ढकालले प्रतिवेदनको प्रगतिबारे जानकारी गराएका थिए ।

भारद्वाज र ढकालले डिपीआरको काम करिब ८५ प्रतिशत सकिएको बताए । बाँकी १५ प्रतिशत कामका लागि समय थप गर्नुपर्ने प्रस्ताव कन्सल्ट्यान्टका तर्फबाट आएको छ । त्यसका लागि १२ सेप्टेम्बर २०२१ सम्मको समय माग गरिएको छ । तर, मन्त्रालयले अध्ययन गरी आवश्यक समय दिने जवाफ दिएको छ । अष्टे««लियन कम्पनी स्मेक, अष्ट्र«ेलियाको एमडब्लुएच र नेपालको उदय जेभीले संयुक्त रुपमा डिपीआरको काम पाएका थिए ।

सन् २०१६ मा तीन वर्षमा डिपीआर सक्ने गरी नलगाड जलविद्युत कम्पनी र स्मेक, एमडब्लुएच जेभी उदयबीच सम्झौता भएको थियो । यसअघि डिपीआरकर्ताको मागअनुसार अगष्ढ २०१९ मा पहिलोपटक तीन महिना र अगष्टदेखि मे २०२० सम्म ९ महिना दोश्रोपटक डिपीआरको समयावधि थप भएको छ । तर, अझै काम नसकिएको भन्दै ऊर्जामन्त्री पुन र जाजरकोटबाट प्रतिनिधिसभामा निर्वाचित वनमन्त्री बस्नेतले डिपीआरकर्तालाई बोलाएर छलफल गरेका हुन् ।

मन्त्र बस्नेतले कल्सल्ट्यान्टले कोभिड–१९ को बहानामा डिपीआरमा ढिलाइ गरेको भन्दै आपत्ति जनाए । कोभिडको बहानामा काममा ढिलाइ गर्ने प्रवृत्ति क्षम्य नहुने उनको भनाइ थियो ।