काठमाडाैँ—वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले भेरी करिडोरअन्तर्गत रिम्ना–दल्ली सडकखण्डको यसै आर्थिक वर्षमा स्तरोन्नतिको काम हुने बताएका छन्।
जिल्ला समन्वय समितिको समीक्षा बैठकमा आज उनले पूर्वाधार निर्माणनै विकासको पहिलो आधार भएकाले जिल्लाका सबै सडकको स्तरोन्नतिको लागि यसै आवबाट काम शुरु हुने बताएका हुन्।
मन्त्री बस्नेतले वातावरणीय प्रभाव मूल्याङ्कनको काम करीब करीब सकिएकाले सडकको स्तरोन्नतिको काम शुरु हुने उल्लेख गर्दै पिछडिएको जिल्लाबाट जाजरकोटको परिचय बदल्नका लागि धेरै दिन पर्खनु नपर्ने बताए।
लुम्बिनी–रारा सडकखण्डअन्तर्गत जाजरकोट खण्डको खलङ्गा–पाँचकाटिया सडकखण्डमा बजेट निर्धारण गरी काम गर्न लागिएको बताउँदै उनले पहिलो चरणमा सबै स्थानीय तहमा सडक कालोपत्र गर्ने काम हुने उल्लेख गरे।
मन्त्री बस्नेतले सडक निर्माण नै विकासको पहिलो आधार भएकाले सडक निर्माणपछि मात्र हाम्रा गाउँमा उत्पादित वस्तु बजारसम्म पुग्ने भन्दै अर्थ उर्पाजनको मुल आधार त्यहीबाट शुरु हुने बताए।




प्रतिक्रिया