माओवादीमा शक्ति बस्नेतले गरे महासचिवमा दावी

माओवादीमा शक्ति बस्नेतले गरे महासचिवमा दावी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- माओवादी केन्द्रका स्थायी समिति सदस्य शक्तिबहादुर बस्नेतले महासचिवमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन् । उनले अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व चयनको लागी ल्याएको सर्वसम्मत प्रस्ताव मान्ने तर, निर्वाचन हुने अवस्थामा भने महासचिवमा उम्मेदवारी दिने तयारी गरेका छन् । पुर्व गृहमन्त्री समेत रहेका नेता बस्नेतले निर्वाचन भएको अवस्थामा आफुले महासचिवमा उम्मेदवारी दिने बताएको निकट स्रोतले बतायो । उनि हाल माओवादी केन्द्रको कर्णाली प्रदेशका इन्चार्ज समेत छन् ।

माओवादीमा महासचिवका लागी मुख्यगरी नेताहरु वर्षमान पुन,जनार्दन शर्मा र शक्ति बस्नेतबीच प्रतिस्पर्धा छ । पछिल्लो समय माओवादीमा शर्मा र पुनबीच महासचिवका लागी चर्को गुटबन्दी भइरहेको छ । उनिहरुले एकले अर्कालाई छोड्ने अवस्था नभएपछि अध्यक्ष दाहालले तेस्रो विकल्पमा जाने सोच बनाएको स्रोत बताउंछ । त्यसका लागी माओवादीका प्रभावशाली नेताहरु अग्नी सापकोटा, चक्रपाणी खनाल,राम कार्की, हितराज पाण्डे, हरिवोल गजुरेललगायतले बस्नेतको नाम अघि सारेका थिए ।

उनिहरुले पुन र शर्माभन्दा पनि बस्नेतलाई महासचिव बनाउन अध्यक्ष दाहाललाई सुझाव दिएका छन् । तर, माओवादीमा महासचिवका लागी सहमति हुने सम्भावना भने कम छ । सहमति नभएको अवस्थामा महासचिवमा पुन,वस्नेत र शर्माबीच प्रतिस्पर्धा हुने भएको हो । शर्माले महासचिवमा बस्नेतलाई समर्थन गर्ने सम्भावना समेत रहेको बताइन्छ ।

नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनमा आजबाट नेतृत्व चयनको प्रक्रिया सुरु भएको छ । माओवादी केन्द्रको बन्द सत्र आज १ बजेबाट सुरु हुनेछ । बन्दसत्रमा लेखा,अनुशासन र निर्वाचन आयोगले प्रतिवेदन प्रस्तुत गर्ने तयारी गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक दस्ताबेजमाथि उठेका प्रश्नकोे र देव गुरुङले विधान संशोधन मस्यौदामाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । त्यसपछि दुवै प्रस्ताव पारित गरेर निर्वाचनको प्रक्रिया सुरु हुनेछ ।

माओवादीले त्यो भन्दा अगाडी ११ बजे स्थायी समितिको बैठक बोलाएको छ । स्थायि समितिको बैठकले केन्द्रीय सदस्य चयन प्रक्रिया कसरी अगाढी बढाउने भन्नेबारे छलफल गर्नेछ ।

यो पनि पढ्नुहोस-

माओवादी महासचिवमा जनार्दन र वर्षमानको लडाइँले ‘गुट भत्काउन’ प्रचण्डको रोजाइमा तेस्रो नेता