पूर्वगृहमन्त्री बस्नेतलाई ज्ञापनपत्र बुझाएको सातादिन नबित्दै टावर बन्दै

पूर्वगृहमन्त्री बस्नेतलाई ज्ञापनपत्र बुझाएको सातादिन नबित्दै टावर बन्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट– जाजरकोटको पूर्वी क्षेत्रका स्थानीयले जाजरकोट क्षेत्र नम्बर १ का संसाद तथा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतलाई फोन टावरको माग गदै ज्ञापन पत्र वुझाएको एक हप्ता नपुग्दै टावर निर्माणको काम सुरु भएको छ।

 

 

 

जिल्लाको त्रिवेणी नलगाड ८ हल्चौर गरालामा नमस्ते र स्काईको टावर बन्न लागेको माओवादी केन्द्रका राष्ट्रिय अधिवेशन आयोजक समितिका सदस्या निरज खत्रीले बताए।

 

 

‘नेताले चाहेमा जे पनि हुँदो रहेछ ज्ञापन पत्र वुझाएको एक हप्ता नवित्दै टावर निर्माणका लागि कर्मचारी हाम्रो गाउँमा पुगिसक्थ्यो,’ खुसी हुँदै उनले भने।

 

 

पूर्वी क्षेत्रका केही ठाउँमा फोनले काम नगर्दा समस्या हुँदै आएको भन्दै स्थानीयले दुखेसो पोखेपछि पूर्वगृहमन्त्री बस्नेतलाई ताकेता गरिएको थियो। बस्नेतले जिल्लाका थप नयाँ १२ ठाउँमा टेलिफोन टावर विस्तार गर्नका लागि अन्तिम चरणमा काम पुगेको बताएका छन्।ण्

 

 

तत्कालिन सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की हुँदा टावरको विस्तारका लागि माओवादी केन्द्रका ईन्चार्ज तथा प्रदेश सभाका लागि जाजरकोट क्षेत्र १ का उम्मेदवार गणेशप्रसाद सिंहले समेत ज्ञापन पत्र बुझाएका थिए। यहाँ टावर निर्माणसँगै जाजरकोट र रुकुमका अधिकांश ठाउँमा फोनले काम गर्नुका साथै बैंकिङ सेवा का लागि सहज हुनेछ।