शालिकराम जम्मरकट्टेल प्रदेश नम्बर ३ को गृहमन्त्री


मकवानपुर – प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनियताको शपथ लिएसंगै ३ सदस्यीय मन्त्रीपरिषद पनि गठन गर्नुभएको छ ।
माओवादी केन्द्रबाट शालिकराम जम्मरकट्टेल र एमालेबाट केशव स्थापित मन्त्री बनेका छन् ।

जम्मरकट्टेलले प्रदेशको गृह मन्त्रालय मानिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हाल्नेछन् भने स्थापित भौतिक पूर्वाधार मन्त्री बनेका छन् । स्थापित यसअघि काठमाडौं महानगरपालिकाको मेयर भइसक्नु भएको छ ।

उनीहरु दुबै जनालाई आज प्रदेश प्रमुख अनुराधा कोइरालाले सपथ ग्रहण गराएकी छन् । आन्तरिम मामिला मन्त्रालय नपाएपछि जम्मरकट्टेलले सरकारमा जान आनाकानी गरेका थिए ।

तर, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल भएपछि सहमति जुटेको छ । वार्ता लगतै प्रचण्डले प्रदेशसभा संसदीय दलका नेता जम्मरकट्टेललाई फोन गरेर सरकारमा सहभागी हुन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement