अफगानिस्तानको टिभी स्टेशनमा बन्दुकधारीको हमला, दुईको मृत्यु

अफगानिस्तानको टिभी स्टेशनमा बन्दुकधारीको हमला, दुईको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानको राजधानी काबुलस्थित शम्शद टेलिभिजन स्टेशनमा बन्दुकधारीहरुले आक्रमण गरेका छन्।

 

आक्रमणमा हमलाकारी र एक जना ुसुरक्षा गार्डको ज्यान गएको बीबीसीले जनाएको छ।

 

 

अफगानिस्तानको विशेष सुरक्षा फौजले आक्रमण रोकेपछि शम्शद टेलिभिजनले आफ्नो प्रसारण जारी राखेको थियो।

 

 

इस्लामिक स्टेट लडाकू समूह, आईएस, ले उक्त आक्रमणको जिम्मेवारी लिएको छ।

 

 

हालैका महिनामा अफगानिस्तानको राजधानी काबुल तालेवान र इस्लामिक स्टेट लडाकू समूहको निशानामा बारम्बार परिरहेको छ।