काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक स्थिरता बेगर विकास र समृद्धि सम्भव नभएको बताएका छन् ।
नेपाल खेलकुद महासंघको चौथो बैठकलाई बुधबार काठमाण्डुमा सम्बोधन गर्दै महासचिव पोखरेलले देश विकासको लागि स्थायित्व र राजनीतिक स्थिरता आवश्यक रहेको बताए । ‘राजनीतिक अस्थिरता हाम्रो समाजको विकास र समृद्धिको चुनौती हो,’ उनले भने ।
बारम्बार हुने सरकार परिवर्तनले देश नबन्ने उनले बताए । देश बनाउने हो भने सबैभन्दा पहिलो राजनीतिक स्थायित्व आवश्यक रहेको पोखरेलले बताए । त्यसैले देश बनाउनको लागि बलिया राजनीतिक दल आवश्यक रहेको उनको धारणा छ ।
देशमा स्थिरता, स्थायित्व र विकासका लागि नेकपा एमालेलाई निर्णायक राजनीतिक शक्ति बनाउन आवश्यक रहेको पोखरेलले बताए । यसका लागि पार्टी र जनसंगठनहरू जनतासँग जोडिनुपर्नेमा उनले जोड दिए । पार्टीमा युवालाई जोडेर यो लक्ष्य प्राप्त गर्न सकिने उनको धारणा छ ।
अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आक्रमण गर्ने योजनाका साथ पूर्वमण्डलेहरू राजा चाहियो भन्दै सडकमा निस्किएका उनले बताए । हिजो राजाको पालामा दुःख कष्ट थियो भन्ने कुरा अनुभूत गरेकाहरू निरंकुश राजतन्त्रको पक्षमा उभिन नसक्ने पोखरेलको धारणा छ ।
प्रतिक्रिया