काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेल बेलायत प्रस्थान गरेका छन् ।
अन्तरराष्ट्रिय नेपाली मञ्चको बेलायतको अधिवेशनमा सहभागी हुन उनी बिहीबार एमालेका पोलिटब्यूरो सदस्य सुजिता शाक्यसहित प्रस्थान गरेका हुन् ।
बेलायतमा रहँदा महासचिव पोखरेलले नेपाली समुदायसँगै विभिन्न कूटनीतिज्ञसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सदस्य एवं यूरोप–अमेरिका इन्चार्ज घनश्याम पाण्डेले जानकारी दिए ।
महासचिव पोखरेल बेलायतपछि कतारमा आयोजना हुने एमाले पार्टीका प्रवास कमिटीका विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।
महासचिव पोखरेल आगामी असार ८ गते स्वदेश फर्किने कार्यतालिका छ ।




प्रतिक्रिया