निजामती कर्मचारी विधेयक आउने कुरा निश्चित भइसकेको छ : महासचिव पोखरेल

निजामती कर्मचारी विधेयक आउने कुरा निश्चित भइसकेको छ : महासचिव पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले निजामती कर्मचारी विधेयक आउँछ कि आउँदैन भन्ने अन्यौलताको अन्त्य भएको बताएका छन् ।  

बिहीबार काठमाण्डुमा आयोजित सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवस २०८२ को सन्दर्भमा आयोजित सहिद स्मृति मूल समारोहमा उनले निजामती कर्मचारी विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा प्रवेश गरिसकेको भन्दै अब विधेयक आउँछ कि आउँदैन भन्ने कुराको अन्त्य भएको बताए ।

उनले भने, ‘निजामती विधेयक प्राप्त नहुँदा एक प्रकारको तनावबाट निजामती क्षेत्र गुज्रियो र धेरै मेहनतपश्चात प्रतिनिधि सभाबाट त्यो विषय अगाडि बढेको छ । राष्ट्रिय सभामा त्यो विषय प्रवेश गरेको छ । प्रतिनिधि सभाबाट विधेयक पारित भइसकेपछि राष्ट्रिय सभामा धेरै समय लगाउन मिल्दैन । त्यस हिसाबले निजामती कर्मचारी विधेयक आउने कुरा निश्चित भइसकेको छ । त्यसकारण विधेयक आउँछ कि आउँदैन भन्ने कुराको अन्त्य भएको छ ।’

निजामती कर्मचारीहरूको निरन्तरताको खबरदारीले सफलता हासिल गरेको भन्दै उनले पार्टीको तर्फबाट गर्नुपर्ने सहजीकरण गर्न तयार रहेको बताए ।