भारी वर्षाको जोखिममा सचेत रहन एमाले महासचिव पोखरेलको आग्रह

भारी वर्षाको जोखिममा सचेत रहन एमाले महासचिव पोखरेलको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अविरल वर्षा र आगामी दिनमा अझ भारी वर्षा हुने सम्भावनाबीच नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिकलाई सतर्क रहन र विपद् पूर्वतयारीमा जुट्न आग्रह गरेका छन् ।

पोखरेलले सामाजिक सञ्जाल फेसबूकमार्फत सार्वजनिक अपिल गर्दै देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानको जोखिम बढेको भन्दै सबैलाई सावधानी अपनाउन अनुरोध गरेका हुन् ।

उनले भनेका छन्, ‘खोलानाला तथा नदी किनारमा नजानुहोस्, लामो दूरीको अनावश्यक यात्रा नगर्नुहोस्, जोखिमयुक्त स्थानबाट सुरक्षित ठाउँतर्फ सर्नुहोस् ।’

महासचिव पोखरेलले सम्भावित विपद्का कारण जनधनको क्षति न्यूनीकरणका लागि राज्यका निकायसँग सहकार्य गर्न स्थानीय पार्टी कमिटीहरूलाई पनि विशेष अनुरोध गरेका छन् ।

उनले भने, ‘सचेत रहौं, सचेत बनाऔं ।’ वर्षा र विपद्को जोखिमलाई बेवास्ता नगरी नागरिक र स्थानीय कमिटीहरूले मिलेर काम गर्नुपर्ने उनले बताए ।