एमाले समृद्धिको अभियानकर्ताको रूपमा योग्य साबित हुनुपर्छ : महासचिव पोखरेल

एमाले समृद्धिको अभियानकर्ताको रूपमा योग्य साबित हुनुपर्छ : महासचिव पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेका नेता–कार्यकर्ता सामाजिक रूपान्तरणका अभियानकर्ताको रूपमा स्थापित हुनुपर्ने बताएका छन् ।

शुक्रबार नेकपा एमाले कोशी प्रदेश सम्पर्क कमिटीको शपथग्रहण कार्यक्रममा बोल्दै पोखरेलले एमाले नेता–कार्यकर्ता अरूभन्दा अब्बल साबित हुनुपर्ने बताए ।

‘वास्तविक कम्युनिष्टका रूपमा, समृद्धिको अभियानकर्ताको रूपमा, समाजको रूपान्तरणकर्ताको रूपमा तपाईं–हामीले आफूलाई योग्य साबित गर्नुपर्दछ,’ उनले भने ।

नेकपा एमालेले मिसन ग्रासरुट चलाइसकेपछि मिसन ग्रासरुटको प्रतिवेदको आधामा नेकपा एमालेका सबै कमिटी आफ्नो कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए । मिसन ग्रासरुटको प्रतिवेदन कार्यान्वयन गर्नका लागि आफ्नो कामलाई व्यवस्थित बनाएर अघि बढ्नुपर्ने पोखरेलले बताए । त्यसो गर्न सकियो भने पार्टी संगठनलाई व्यवस्थित र सुदृढ बनाउन सकिने उनले प्रष्ट पारे ।

पार्टीका जनसंगठनलाई कसरी प्रभाकारी बनाउन सकिन्छ भन्ने कुराले पनि पार्टी निर्माणमा अर्थ राख्ने उनले बताए । पार्टीको रक्षाका लागि जनतासँगको सम्बन्ध थप सुधार गर्नुपर्नेमा पोखरेलले जोड दिए ।

नेपाल राजनीतिक सुनिश्चितताको लागि बलिया राष्ट्रिय शक्ति आवश्यक रहेको पोखरेलले बताए । नेकपा एमालेलाई अझै पनि बलिया राष्ट्रिय शक्ति बनाउन नसकिएको उनको भनाइ छ । अब बलिया राजनीति दलले मात्र देशमा राजनीतिक निकास दिन सक्ने पोखरेलेले बताए । ‘विकास र समृद्धिको नेतृत्वको लागि गठबन्धन होइन, नीतिगत नेतृत्व आवश्यक पर्दछ, बलियो राजनीतिक दल आवश्यक पर्दछ, त्यस अर्थमा हाम्रो पार्टीले बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने संकल्पका साथ अघि बढिरहेको छ,’ उनले भने ।