काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताले चुनेको राजनीतिक नेतृत्वको मार्गदर्शनमा राज्यका सबै अंग एउटै उद्देश्य र भावना लिएर अघि बढे मात्र राष्ट्र बलियो र निर्णायक बन्न सक्ने बताएका छन् ।
पोखरेलले सामाजिक सञ्जाल फेसबूकमा लेख्दै कार्यपालिका, न्यायपालिका, विधायिका र सुरक्षा निकायहरूबीच आपसी समन्वय, एकता र साझा दृष्टिकोण आवश्यक रहेको बताए । उनका अनुसार जब यी सबै निकायहरू एउटै लय र तालमा अघि बढ्छन्, तब मात्र राष्ट्रिय शक्ति संगठित र सक्षम बन्न सक्छ ।
उनले लेखेका छन्, ‘नव–युवाहरूको आकांक्षा अनुरूप राष्ट्र निर्माणका लागि यस्तो अवस्था अनिवार्य छ । समृद्ध नेपाल, सुखी नेपालीको हाम्रो साझा सपना साकार पार्ने सन्दर्भमा नेकपा एमालेले निरन्तर यही मार्गदर्शन गरेको छ ।
निर्णायक राष्ट्रिय शक्ति निर्माण भनेको देशका सबै अंगहरूबीचको समन्वय र साझा दृष्टिकोण रहेको बताउँदै उनले यिनले देशलाई स्थायित्व, समृद्धि र सक्षम शासनतर्फ डोर्याउने उनले बताए ।




प्रतिक्रिया