काठमाण्डु– नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका छन्।
पोखरेलले शनिबार बिहान सामाजिक सञ्जालमार्फत निर्वाचित नहुँदै बालेनलाई बधाई दिएका हुन् । दिँदै आम निर्वाचन २०८२ को जनादेश राष्ट्रिय स्वतन्त्र पार्टी को पक्षमा आएको बताएका छन्।
जनविश्वास अनुरूप अघि बढ्न पार्टीका प्रस्तावित प्रधानमन्त्री उम्मेदवार बालेन शाहसहित विजयी हुनुहुने सम्पूर्ण प्रतिनिधिहरूलाई कार्य सफलताको शुभकामना,’ पोखरेलले भनेका छन् ।
उनले ‘परिवर्तन’ को लहरका सामु आफूहरुको प्रयास सफल हुन नसकेको भन्दै आफ्नो निर्वाचन अभियानमा जुट्ने सबैलाई हृदयदेखि नै धन्यवाद भनेका छन्।
‘म उमेद्वार भएको दाङ प्रतिनिधि सभा–२ निर्वाचन क्षेत्रबाट रास्वपाका विपिन आचार्य निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।’ उनले लेखेका छन् ।





प्रतिक्रिया